टी-२० आई सिरिजको उपाधिका लागि नेदरल्यान्ड्ससँग खेल्दै नेपाल
प्रकाशित:
२१ फागुन २०८०
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपालमा भएको टी-२० सिरिजको लिग चरणमा सबै टिमको चार-चार खेलपछि अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दै फाइनलमा स्थान बनायो। चार अंक जोडेको नेपाल समूहमा दोस्रो हुँदै फाइनलमा पुग्यो।
नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares