बुद्धभुमि नेपाल हाइड्रोले लिलामीमा ल्याएको शेयरको कटअफ मूल्य २ सय ९६रुपैयाँ ०५ पैसा, लगानीकर्ताको पैसा यसै हप्ता फिर्ता गर्ने

अर्थकागज
प्रकाशित: ०७ असार २०८३
Image description


काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको कटअफ मूल्य २ सय ९६ रुपैयाँ ०५ पैसा तोकिएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार सबै आवेदन र चेकको भेरिफिकेशनपछि उक्त कटअफ मूल्य तोकिएको हो । 

गत असार ३ गते क्यापिटलले बालनट बिस्ट्रो, दोचा मार्ग, पानीपोखरी, काठमाडौंमा शेयरको बोलपत्र खोलिएको थियो । उक्त लिलामीको शेयरमा २ हजार वटा भन्दा बढी आवेदन परेका थिए । लगानीकर्ताबाट अधिकतम ३५० रुपैयाँसम्मको विड परेको देखिएको छ। बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि जेठ २९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको थियो। कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता शेयर जेठ २१ देखि जेठ २९ गतेसम्म लिलाममा ल्याएको थियो।

कम्पनीले चैत्र २२ देखि वैशाख २८ गतेसम्म १ः१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा बिक्री नभएको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता शेयर लिलामीमा आएको हो।


प्रतिक्रियाहरू

सम्बन्धित खबर