ललितपुर महानगरपालिका वडा नम्वर ४ मा वडा नागरिक सञ्जालको पुनर्गठन
प्रकाशित:
२५ भदौ २०८०
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्वर ४ मा वडा नागरिक सञ्जालको पुनर्गठन भएको छ । वडा नम्वर ४ का वडा अध्यक्ष सन्तोष खड्काको संरक्षकत्व रहने पुनर्गठन वडा नागरिक स
ञ्जालमा ११ जना सदस्य रहेको छ । वडा नागरिक सञ्जालमा वडा सदस्य श्रद्धा थापा मगरको संयोजक एवंम् सह–संयोजक गोविन्द प्रसाद आचार्य रहेका छन् ।
पुनर्गठन कार्यक्रममा आइडिएस नेपालबाट सामाजिक परिचालक राजेन्द्र पण्डित, शेष नारायण महर्जन तथा बागमती सभ्यता वातावरण संरक्षण समाजका अध्यक्ष मोहन कुमार पराजुली, उपाध्यक्ष चित्र कुमार सुनुवार समेतको उपस्थितिरहेको थियो ।
अधिकार सम्पन्न बागमती एकिकृत विकास समिति अन्तर्गत वडा नागरिक सञ्जालको पुनर्गठन गरिएको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares