सानिमा जिआईसी इन्स्योरेन्सका सिईओ र प्रबन्धकहरुले बुझे ४ करोड ४७ लाख तलव/भत्ता, संचालकहरुको बैठक भत्ता कति ?

अर्थकागज
प्रकाशित: २८ चैत २०८०
Image description

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) र प्रबन्धक तह सम्मका पदाधिकारीहरुलाई तलव भत्ता बापत ४ करोड ४७ लाख ७२ हजार २१९ रुपैयाँ खर्च गरेको छ ।

सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुद्युम्न प्रसाद उपाध्याय रहेका छन् । कम्पनीबाट यस आर्थिक वर्षमा संचालकहरुले बैठक भत्ता बापत ८ लाख ४० हजार रुपैयाँ बुझेका छन् । संचालक समितिका अध्यक्षले प्रति बैठक भत्ता ८ हजार रुपैयाँ र अन्य सदस्यहरुले प्रति बैठक भत्ता ६ हजार रुपैयाँ दिने गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर