नेपाल वेयरहाउजिङ ९ करोड घाटामा, ईपिएस ऋणात्मक

अर्थकागज
प्रकाशित: १६ माघ २०८०
Image description

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनी खुद नोक्सानीमा छ ।

यस अवधिमा कम्पनीले ९ करोड २१ लाख २१ हजार रुपैयाँ खुद घाटामा छ । समीक्षा अवधिमा कम्पनीको जम्मा आम्दानी बढेको छ भने वित्तीय खर्च पनि ८४.४९ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीको खर्च ९३ प्रतिशतले बढेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर