कुमारी क्यापिटलको 'कुमारी सबल योजना'का इकाईमा आवेदन दिने समय थप

अर्थकागज
प्रकाशित: ०१ फागुन २०८०
Image description

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले निष्काशनमा ल्याएको कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ। सो फण्डको इकाईका लागि अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कुमारी बैंक कोष प्रबर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘कुमारी सबल योजना’को इकाईहरु आजदेखि बिक्री खुला भएका छन् ।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्ड आज माघ २८ गते देखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। जस मध्य एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ।  त्यस बाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिरहेको हो। 

कति दिने आवेदन ?

यस फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

माघ २८ गतेदेखि आवेदन दिन सकिने यस फण्डमा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने छ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।यस फण्डको अवधि १० वर्ष रहेको छ । यो बन्दमुखी योजना रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर