सिद्धार्थ क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २६ भदौ २०८१
Image description

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

क्यापिटलले कर सहित २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हाृे । सो लाभांश पारिका लागि क्यापिटले १३ औं वार्षिक साधारण सभा असोज १८ गते शुक्रबार गर्ने भएको छ । सभा क्यापिटलको नारायणचौर काठमाडौंमा दिउसोको ३ः३० बजे देखि सुरु हुने जनाइएको छ ।

साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र चालु आर्थिक बर्षका लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगाएका प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर