हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

अर्थकागज
प्रकाशित: १२ साउन २०८३
Image description

काठमाडौं । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष  राजेन्द्र प्रसाद भट्ट तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मी प्रसाद प्रसार्ई तथा डा. निरन्जन आचार्यको समेत सहभागिता रहेको थियो ।

सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी विभिन्न स्वास्थ्य समस्या भएका बिरामीलाई आवश्यक दन्त उपचार सेवा प्रदान गर्दै आएको छ। Add: we operate through 4 places, Dhumbarahi, Chabahil, Kamaladi and Sankhu. हिमाल डेन्टल हस्पिटलले बिरामीको आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विभिन्न विशेषज्ञ तथा विशिष्टीकृत सेवाहरू प्रदान गर्दै आएको छ। अस्पतालमा रुट क्यानल उपचार (RCT),ओरल तथा म्याक्सिलोफेसियल सर्जरी, कम्युनिटी डेन्टिस्ट्री, पेरियोडोन्टिक्स, प्रोस्थोडोन्टिक्स तथा म्याक्सिलोफेसियल प्रोस्थेसिस, अर्थोडोन्टिक्स तथा डेन्टोफेसियल अर्थोपेडिक्स, पेडोडोन्टिक्स, कन्जर्भेटिभ डेन्टिस्ट्री तथा इन्डोडोन्टिक्स लगायतका सेवाहरू उपलब्ध छन्। त्यसैगरी, अस्पतालमा डेन्टल इम्प्लान्ट, अपरेशन थिएटर (OT), 3D CBCT X–Ray, मिलिङ मेसिन तथा लेजर डेन्टिस्ट्री जस्ता आधुनिक प्रविधि तथा सुविधासहितका सेवाहरू पनि उपलब्ध छन्। बिरामीको उपचारलाई सहज र प्रभावकारी बनाउन आवश्यकताअनुसार एम्बुलेन्स सेवा समेत उपलब्ध गराइएको छ। आधुनिक प्रविधि र विशेषज्ञ सेवाको संयोजनमार्फत बिरामीलाई एउटै संस्थाबाट आवश्यक दन्त उपचार तथा निदानसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले आफ्नो सेवा विस्तार गर्दै आएको छ। यसरी, विशेषज्ञ दन्त उपचार, आधुनिक निदान प्रविधि, शल्यक्रिया, पुनस्र्थापना तथा सौन्दर्यसम्बन्धी उपचार र आपत्कालीन सहयोग लगायतका विविध सेवामार्फत हिमाल डेन्टल हस्पिटलले बिरामीको आवश्यकता अनुसार समग्र दन्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास गर्दै आएको छ। 

दन्त स्वास्थ्य सेवासँगै गुणस्तरीय दन्त शिक्षा प्रदान गर्दै आएको हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)  बाट सम्बन्धनप्राप्त संस्था हो । दन्त स्वास्थ्य सेवासँगै दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने उद्देश्यले सन् २००८ मा हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स स्थापना गरिएको हो। दन्त स्वास्थ्य सेवासँगै गुणस्तरीय दन्त शिक्षा प्रदान गर्दै आएको हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स हाल १९औँ ब्याचसम्म आइपुगेको छ। 

Future plans:

1. Dental tourism to attract NRN and foreign patients.

2. Installation of EMR software to make the system paperless and digital

3. Corporate structure transformation from single ownership

4. Addition of : BDS, BPH, Dental Lab Technician, PCL Nursing, Lab Technician, PCL Pharma courses from CTEVT by construction of additional wing in dhumbarahi

5. Expansion all over Nepal through branch and franchise system.

6. Procurement of advances machineries latest technology

7. Health camp planning all over Nepal especially in rural areas.




स्वास्थ्य सेवा र शिक्षालाई सँगसँगै अघि बढाउँदै देशको विभिन्न क्षेत्रमा निःशूल्क स्वास्थ्य सिविर चलाएर हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्सले नेपालको दन्त स्वास्थ्य क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।




प्रतिक्रियाहरू

सम्बन्धित खबर