युनाइटेड अजोड इन्स्योरेन्सले संचालकहरुको बैठक भत्ता ६६.६६ प्रतिशतले बढाउँदै
काठमाडौं । सेयरधनीलाई १० प्रतिशत लाभांश दिएको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संचालकहरुको बैठक भत्ता भने ६६.६६ प्रतिशतले बढाउने भएको छ । बैठक भत्ता बढाउने तीन महले प्रस्ताव सहित कम्पनीले ३१ औं बार्षिक साधारणसभामा पेश गर्दैछ । कम्पनीको बार्षिक साधारणसभा असार ३० गते अर्थात सोमबार अम्रपाली ब्याङ्क्वेट क्याटिरिङ्ग एण्ड इभेन्ट, प्रा.लि. भाटभटेनी काठमाडौंमा हुँदैछ ।
कम्पनीको बार्षिक प्रतिवेदन अनुसार संचालक समितिको अध्यक्षले हाल प्रतिबैठक १२ हजारबाट प्रति बैठक २० हजार पुर्याउने प्रस्ताव रहेको छ । जुन ६६.६६ प्रतिशतले बृद्धि रहेको छ । त्यसै गरी अध्यक्षको टेलिफोन, पत्र पत्रिका सुविधा वापत मासिक भत्ता १० हजारबाट १५ हजार पुर्याउने प्रस्ताव अघि सारेको छ । जुन ५० प्रतिशतको बृद्धि हो ।
त्यसै गरी संचाक समितिको सदस्यहरुको प्रति बैठक भत्ता १० हजारबाट प्रति बैठक भत्ता १८ हजार पुर्याउने प्रस्ताव रहेको छ । जुन ६६.६६ प्रतिशतको बृद्धि रहेको छ । त्यसै गरी संचालक सदस्यहरुको टेलिफोन, पत्रपत्रिका सुविधा वापत मासिक १० हजारबाट १५ हजार प्र्याउने प्रस्ताव रहेको छ । जुन ५० प्रतिशतको बृद्धि रहेको छ । कम्पनीले समय सापेक्ष परिवर्तन गर्न आवश्यक रहेकोेले बैठक भत्ता बढाउनु परेको जनाएको छ ।
Shares