महिला लघुवित्तले पायो उत्कृष्ट करदाताको सम्मान
काठमाडौं । आन्तरिक राजश्व कार्यालय धुलिखेलले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ । कार्यालयले १३ औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा धुलिखेल काभ्रेको क्षेत्र अन्तरगत सवै भन्दा बढी कर तिर्ने महिला लघुवित्त वित्तीय संस्थालाई उत्कृष्ट करदाताको सम्मान गरिएको हो । मन्त्रालय आन्तरिक राजस्व कार्यालय धुलिखेलका महानिर्देशक राम प्रसाद आचार्य र प्रमुख कर अधिकृत हरि प्रसाद तिमिल्सिनाको संयुक्त दस्तखत भएको सम्मान– पत्र कार्यक्रमका सभापति उधोग बाणिज्य सघं धुलिखेलका उपाध्यक्ष शुरविर बैधले महिला लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रियाहरू
Manoj Singh Dhami
1 year ago
Congratulations All Mlbsl Family.
Shares