लामिनार द्वारा “मेरो सपनाको घर”- नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

अर्थकागज
प्रकाशित: २१ मंसिर २०८२
Image description

काठमाडौं । लामिनार भिट्रिफाईड टायलले “लामिनार - मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्।

यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण नि:शुल्क प्राप्त गर्नेछन्। मेक-ओभर यि प्रतिष्ठित डिजाइन र lifestyle ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ — Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting तथा Emporios Furnishings।

कसरी सहभागी हुने?

1. ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन तपाईंको कोठा (र आवश्यक परे बाथरूम) लाई किन मेकओभर चाहिन्छ भनेर भन्नुहोस्,

2. यो भिडियो लाई public रूपमा तपाईको TikTok / Instagram / Facebook मा पोस्ट गर्नुहोस्

3. @laminartiles लाई ट्याग गर्नुहोस् र #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुहोस् ।

छनोट प्रक्रिया

प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितले गर्नेछ। विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्ट का आधारमा गरिने छ।

घर मेक-ओभर प्याकेज

प्रत्येक विजेताले निम्न वस्तु तथा सेवाहरू प्राप्त गर्नेछन् —

• प्रिमियम सामग्री

• पूर्ण इन्टेरियर डिजाइन

• टर्नकी कार्यान्वयन

• Before–During–After फोटो/भिडियो डकुमेन्टेशन

भिडियो upload गर्ने अन्तिम मिति: २०२६ जनवरी २

विजेता घोषणा मितीः २०२६ जनवरी ७

लामिनार र यसका सहकार्यी ब्रान्डहरूले राम्रो डिजाइनको सहायताले नेपाली घरहरूलाई आकर्षक, उपयोगी र आरामदाई स्थानका रूपान्तरण गर्न सकिन्छ भन्ने संदेश दिन चाहन्छन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर