हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओ र अध्यक्षले भने-' यो वर्ष लाभांश दिन सकिदैन, सेवा र सुविधा बढाउँछौ'
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष महेन्द्रमान श्रेष्ठले यो आर्थिक वर्ष २०८२/८३ मा सेयरधनीलाई लाभांश दिन नसक्ने बताएका छन् । माघ ६ गते अनमोल ब्याङ्केट, शंखखुल काठमाडौंमा सम्पन्न सभामा अध्यक्ष श्रेष्ठले यस आर्थिक वर्षमा बाढीपहिरो र जेनजीको कारण कम्पनीको नाफामा भारी गिरावाट आएका कारण सेयरधनीलाई लाभांश दिन नसक्ने बताएका हुन् । सभामा डम्बरु बल्लभ घिमिरे, उत्सव श्रेष्ठ, विरोचन श्रेष्ठ लगायतले डबल डिजिटमा यस आर्थिक वर्षमा लाभांश दिन संचालक समितिलाई आग्रह गरेका थिए ।
सेयरधनीहरुले कि लाभांश बढाउनु पर्यो, होइन भने असफल सिईओ र संचालक समितिको अध्यक्षले कुर्चि खाली गर्नु पर्यो भन्दै सभामा यो आर्थिक वर्षको लाभांश प्रक्षेपण गर्न अनुरोध गरेका थिए । संचालक समितिका अध्यक्षले सभालाई सम्बोधन गर्दै या आर्थिक वर्ष लाभांश दिन नसक्ने बताएका थिए ।
सभामा सेयरधनीहरुले एक प्रकारको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिन सक्ने तपाईहरुले चाही मात्र ८ प्रतिशत नगद त्यो पनि कर सहित भन्दै सिईओ अन्जु श्रेष्ठ र संचालक समितिको कार्य क्षमतामाथि प्रश्न उठाएका थिए । सेयरधनीहरुले सिईओ अन्जु श्रेष्ठले लिने १ करोड १ लाखमाथिको तलव भत्ता र संचालक समितिले लिने भत्ता कटौति गर्नु पर्ने माग समेत गरेका छन् ।
यति यो आर्थिक वर्ष २०८२/८३ मा सेयरधनीलाई राम्रो प्रतिफल नआए आगामि बार्षिक साधारणसभा सिईओ र अध्यक्षको राजिनामा माग्ने समेत सेयरधनीहरुले बताएका छन् । सभामा कर्मचारीको व्यवहारमाथि पनि चर्काे विरोध गरेका छन् । जसमा कम्पनी सचिव, मार्केटिङ विभागको प्रमुखहरुको चर्काे विरोध गरको छन् ।
यता, सेयरधनीले सिईओ र संचालक समितिको चर्काे विरोध गरेपनि उता सिईओ र अध्यक्ष भने सेवा र सुविधा कटौती गर्ने पक्षमा देखिएका छैनन् । बरु उल्टै समय सापक्ष भन्दै तलव भत्ता बढाउनु पर्ने संकेत गरेका छन् । कम्पनीको बार्षिक प्रतिवेदन हेर्दा कम्पनीले हरेक वर्ष सिईओ र संचालकहरुले लिने तलव भत्ता वर्षेनी बढ्दै गएको देखिन्छ ।
बोर्डले बैठक भत्ता मात्रै आर्थिक वर्ष २०८० /८१ मा २२ लाख ६६ हजार ३३१ रुपैयाँ थियो भने आर्थिक वर्ष २०८१ /८२ मा बढेर ३२ लाख १२ हजार रुपैयाँ पुगेको छ । त्यसै गरी संचालकको अन्य भत्तामा पनि ह्वात्तै बढेको छ ।
Shares