मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

प्रकाशित:
१५ मंसिर २०८०

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । मङ्सिर १४ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिाक वर्ष २०७९/८० सम्मको मुनाफाबाट ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४८ रुपैयाँको ५.२६३ प्रतिशतले हुन आउने सात करोड ११ लाख ३२ हजार दुई सय २६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्न लागिएको हो ।
उक्त लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपछी लाभांश प्रस्ताव कम्पनीको साधारणसभामा पेश गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares