सगरमाथा लुम्बिनी इन्स्योरेन्समा सिईओ र संचालकले गरे तलव/भत्ताको नाममा लुटतन्त्र !
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत र संचालक समितिका सदस्यहरुले तलव भत्ताको नाममा करोडौ रुपैयाँ बुझेका छन् । सेयरधनीलाई ५ प्रतिशत लाभांश दिएर निराश बनाएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कर्मचारी र प्रशासनमा खुलेरै खर्च गरेको देखिन्छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओले आर्थिक वर्ष २०७९/२०८० मा १ करोड ६ लाख ६० हजार ५४३ रुपैयाँ तलव भत्ता बुझेका छन् । कम्पनीको सिइओ चंकी क्षेत्री रहेका छन् ।
त्यसै गरी कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृतहरुले तलव भत्ता वापत ५ करोड ३२ लाख ७० हजार ७६२ रुपैयाँ खर्च गरेको छ ।
त्यसै गरी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संचालकहरुलाई बैठक भत्ता बापत ३० लाख ३४ हजार रुपैयाँ खर्च गरको छ । संचालकहरुलाई मासिक भत्ता बापत ८ लाख २८ हजार रुपैयाँ कम्पनीले खर्च गरेको छ ।
कम्पनीको संचालक समितिको अध्यक्ष मनोहर दास रहेका छन् । त्यसै गरी सदस्यहरुमा सेलिन्को इन्स्योरेन्स पिएलसी,अरुण राज श्रेष्ठ, सिद्धार्थ मणि राजभण्डारी, गजेन्द्र लाल श्रेष्ठ र सुश्री निर्मला देवी मानन्धर रहेकी छिन् ।
प्रतिक्रियाहरू
Lila tumbapo
8 months ago
Ceo ko भन्दा Dceo को तलब बढी?? हावा
Lila tumbapo
8 months ago
Ceo ko भन्दा Dceo को तलब बढी?? हावा
Lila tumbapo
8 months ago
Ceo ko भन्दा Dceo को तलब बढी?? हावा
Lila tumbapo
8 months ago
Ceo ko भन्दा Dceo को तलब बढी?? हावा
prakash bhatt
8 months ago
089/080 कस्तो हो सम्पादक ज्यु लेख्न आउदैन भने किन समचार लेख्ने
Dinanath gautam
8 months ago
079/080 Hola hajur 089/080 ta haina hola hajur
BKB
8 months ago
# होइन सेलिन्को इन्स्योरेन्स पनि नेपालमा छ ? # २०८९/२०८० यो कहिले आउने हो ? # CEO भन्दा DCEO तलब भत्ता बढी ? सम्पादक ज्यू .....???
Shares