गाईघाटमा दोश्रो प्रदेश महोत्सव हुने
उदयपुर । उदयपुरको गार्यघाटमा आउदो फागुन १ गतेदेखि त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा दोश्रो प्रदेश महोत्सव २०८० त्रियुगा संचालन गरिने भएको छ ।
शुक्रबार आयोजक संस्था त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरी आउदो फागुन १ गतेदेखि १० गतेसम्म गाईघाटको बरुवा बसपाकृमा सो मेला लगाउने तयारी गरिएको जानकारी दिइएको छ ।
जिल्ला समन्वय समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहकार्य तथा समन्वयमा नेपाल उद्योगा वाणिज्य महासंघ र कोशी प्रदेश उद्योग वाणिज्य महासंघ प्रवद्र्धक रहेको प्रदेश महोत्सवको आयोजक स.स्था त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार महोत्वकालागि स्थानीय त्रियुगा नगरपालिका, जिल्ला समन्वय समिति जिल्ला प्शासन ज्ल्लिा प्हर िकायाृल्य लगायतका सरकारी निकायबाट स्वीकृति प्राप्त भैसकेको ले महोत्सवमा स्थानीय उत्पादन तथा स्थानीय कला संस्कृति, पर्यटन प्रवद्र्धन लगायतका विषयहरुलाई ्रप्राथमिकता दिने बताइएको छ ।
उदयपुर जिल्लाका आबटै पालिका, घरेलु, कृषि ज्ञान केन्द्र,जिल्ला स्वास्थय कार्यालय, वन डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग महासंघ लगायतकासंस्थाहरुको सहभागिता रहने सो महोत्सवमा एक दिन निmशुलका टिकटको व्यवसथा गरी लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रा गर्ने योजना रहेको पत्रकार सम्मेलनमा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए ।
उद्योग, व्यापार, कृषि, शैक्षिक, पर्यटन लघुउद्यम, सूचना तथा प्रविधिको वृहत् प्रदशृनी मुल नाराका साथ आयोजना हुन लागेको दोश्रो प्रदेश महोत्पमा करीब १ लाख मानिसले अवलोकन गर्ने र पहिलो प्रदेश महोत्सव २०७४ सालमा भएको तर पछि कोरोनाका कारण महोत्सव हुन सकेको थिएन । यो महोत्वमा बरीब १ करोड ५० लाखको कारोबार हुने अनुमान गरिएको छ । महोत्त्सवमा १ सयदेखि १ सय ५० जटासम्म स्टलहरु रहने पत्रकार सम्मेलनमा त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।
कोभिड संक्रमणका मारण केही वर्षदेखि स्थगित भएको महोत्सवले स्थानीय उत्पादनको बजारी करण गर्न सहयोग पुग्ने,व्यवसायिक चेतना अभिवृद्धि गर्ने, निकासी योग्य वस्तुहरुको पहिचान र बजार प्रवद्र्धनमा सहयोग पुग्ने,, कृषि पेशालार्य व्यवसायिकी करण गर्न सहयोग पुग्ने, लगानीका अवसरहरुको सृजना गर्ने,सूचना प्रविधि सम्बन्धी जानकारी गराउने लगायतका उद्देश्यका साथ महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
Shares