मीड सोलु हाइड्रोपावरको आइपीओको मिति तय, आइपीओ हात पार्न भाग्यकै भर !

अर्थकागज
प्रकाशित: ०८ असोज २०८०
Image description

काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीले निश्कास गरेको आईपीओको बाँडफाँडको मिति गरेको छ ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बुधबार साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको हो ।  

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर निश्कासन गरेको थियो । 

जसमा कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो । 

यस कम्पनीको आईपीओमा लगानीकर्ताको रोजाइमा परेको थियो । आवेदन दिने अन्तिम दिनसम्म १३ लाख ५४ हजार ८४६ जनाले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले निश्कासनको गरेको आईपीओको कित्ता मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ ।

जसमा ६२ हजार ११८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९२ हजार ७२८ जनाको भने हात खाली हुनेछ । आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । 

प्रतिक्रियाहरू

Neerupama

1 year ago

Badfad karyakram venue kata ho ni ?

सम्बन्धित खबर