नेपाल एसबिआई बैंक र फोन पे बीच सम्झौता, अब नेपाल र भारत बीचको सीमापार भुक्तानी सहज हुने

अर्थकागज
प्रकाशित: २२ जेठ २०८१
Image description

काठमाडौं । नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब (UPI) आबद्ध एपहरू (PhonePe, BHIM UPI, Google Pay) प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले Person-to-Merchant (P2M)  भुक्तानी च्यानल सञ्चालन गर्न FonePay  प्राइभेट  लिमिटेडसँग सम्झौता गरेको हो । नेपाल एसबिआईको FonePay नेटवर्कसँग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै (UPI)  भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन्।

यस सम्झौताले नगदरहित कारोवारलाई प्रबद्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको छ ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत  दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत  राजेश कुमार पंडा र FonePay प्रा. लि तर्फबाट प्रमुख कार्यकारी अधिकृत  दिवस कुमारले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत  यादवेद्र कांत, प्रमूख प्रविधि अधिकृत,  सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत,  रितेश अर्याल र FonePay प्रा. लि का प्रमुख व्यवसाय अधिकृत  सुमित दास लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर