स्वावलम्बन लघुवित्तको नाफा ९४ प्रतिशत बढ्यो, ईपीएस कति ?

अर्थकागज
प्रकाशित: १५ माघ २०८१
Image description

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९४ दशमलव २१ प्रतिशत वृद्धि भएको छ। कम्पनीले गत आवमा ४ करोड १५ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ८ करोड ७ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको सञ्चालन नाफासँगै खुद ब्याज आम्दनी पनि बढेकाले नाफामा वृद्धि भएको हो। कम्पनीको सञ्चालन नाफा गत आवमा ५ करोड ९३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी खुद ब्याज आम्दानी गत आवमा ६६ करोड ६६ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८० करोड रुपैयाँ नाघेको छ। चुक्ता पूँजी १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ, शेयर प्रिमियम ८ लाख रुपैयाँ र सञ्चित मुनाफा १० करोड १७ लाख रुपैयाँ रहेको छ। नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा रहेकोमा चालू आवमा बढेर ९ रुपैयाँ ७७ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ४३ पैसा छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर