नेपाल वेयरहाउजिङ्ग ८० करोड घाटामा, नेटवर्थ ८८.४६ रुपैयाँ

अर्थकागज
प्रकाशित: ०१ असोज २०८१
Image description

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४१ करोड ५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, समिक्षा अवधिसम्म आईपुग्दा ८० करोड ३९ हजार नोक्सानीमा पुगेको छ।

असार मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १ करोड ४८ लाख ४८ हजार रुपैयाँ रहेको छ भने संचालन खर्च ९३ लाख १६ हजार रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ४६ पैसा रहेको छ। ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १४ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ

प्रतिक्रियाहरू

सम्बन्धित खबर