प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा
प्रकाशित:
१८ वैशाख २०८२
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश शेयरधनीले पाउनेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares