हकप्रद सेयर जारी गर्ने आबश्यकता कि बाध्यता ?
पछिल्लो समयमा बिभिन्न कम्पनीहरुले धमाधम हकप्रद सेयरहरु जारी गरिरहेका छन् । के त हकप्रद सेयर जारी गर्नु आबश्यकता कि बाध्यता ? त्यसोत हकप्रद सेयरजारी गर्ने कतिपयको लागि आबश्यकता हुन्छ भने कतिपयको लागि बाध्यता पनि हुनसक्छ । त्यसोत कम्पनीहरुको पुँजी बढाउन परमा त हकप्रद सेयर जारी गर्न आबशयकता नै हने गरेका छन् । त्यसैगरि केहि बीमा कम्पनीहरुको पुँजी बृद्धि गर्न पर्ने भएकोले केही बीमा कम्पनीहरुको लागि हकप्रद सेयर जारी गर्न आबश्यकता हो भन्दा पनि फरक नपर्ला । यसकारणले पनि पछिल्लो समयमा केही बीमा कम्पनीहरुले धमाधम हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेका छन् । त्यसोत केही कम्पनीहरुले धमाधम हकप्रद सेयरहरु जारी गर्ने गरिरहेका छन् । केहि कम्पनीहरुले हकप्रद सेयर जारी गर्नको लागि बिशेष साधारण सभाहरु समेत गर्नै गरेको छन् ।
हकप्रद सेयरहरु जारी गर्ने कम्पनीहरुमा जलविद्युत र बीमा कम्पनीहरु रहेका छन् । बीमा कम्पनीहरुको लागि आफ्नो पुँजी बढाउन चटारो भइरहेका छन् । बीमा प्रधिकरणले बीमा कम्पनीहरुलाइ पुँजी बढाउन निर्देशन दिएको कारणले पुँजी बढाउन पर्ने भएको छ । जीवन बीमा कम्पनीहरुको लागि रु ५ अर्ब र निर्जीवन बीमा कम्पनिहरुको लागि २ सय ५० करोड पुँजी पुर्याउन पर्ने भएको छ । जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन इन्स्योरेन्स कम्पनिले मात्र पुँजी पुर्याइ सकेका छन् । प्राइम लाइफ गुराँस लाइफ र यनियन लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स बनेको थियो । अधिकाश बीमा कम्पनीहरुले पुँजी बढाउन पर्ने भएको छ । अहिले बीमा कम्पनीहरुले पुँजी बढाउने एजेण्डा सहित बार्षिक साधारण सभा बोलाउने गरिरहेका छन भने केहिले बिशेष साधारण सभा बोलाउने गरिरहेका छन् ।
त्यसोत, कतिपय बिमा कम्पनीहरुले पुँजी बढाउनको लागि मर्जर पनि गरिरहेका छन् । तर पनि केहि कम्पनीहरुको बीमा प्रधिकरणले तोकिए बमोजिमको पुँजी पुर्याउन सकिरहेका छैनन् भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा बीमा कम्पनीहरुको लागि पुँजी बढाउन सकसनै भइरहेको छ भनेर पनि सराकारवालाहरु बताउँछन् । कतिपय बीमा कम्पनीहरुले पुँजी बढाउने बिकल्पको रुपमा हकप्रद सेयर जारी गर्ने गर्ने तयारी गरिरहेका छन भने केहि कम्पनीहरुले बोनश सेयरबितरण गरेर पुँजी पुर्याउने तयारि गरिरहेका पनि छन् । प्रिमियममा आइपिओ जारी गर्ने बीमा कम्पनीहरुले प्रिमियमबाट आएका रकमलाई बोनश सेयरको रुपमा बितरण गर्ने गरिरहेका पनि छन भन्दा पनि फरक नपर्ला । त्यसोत अधिकाश लगानिकर्ताहरु भने कम्पनीहरुले हकप्रद सेयरबाट भन्दा पनि बोनश सेयरबाट पुँजी बढाउन पर्ने बताइ रहेका छन् । त्यसोत पुँजी बढाउनको लागि सिटिजन्स लाइफ इन्स्योरेन्सले पुँजी बढाउनको लागि १ बर्षमा २ पल्ट लाभाशको समेत घोषणा गरेको थियो तर बीमा प्रधिकरणले रद्द गरेको छ । १ बर्षमा २ चोटि लाभाश बितरण गर्न पाइदैन । कतिपयको भनाइमा हकप्रद सेयर जारी गरि पुँजी बृद्धि गर्दा होस वा मर्जर गरेर गर्दा होस लगानिकर्ताहरुले नोक्सानी ब्यहोर्न पर्ने भइरहेका छन् । यसकारणले पनि अधिकाश लगानीकर्ताहरुको भनाइमा बोनश सेयरले नै पुँजी बृद्धि गर्न पर्ने भनाइ रहेका छन् । तर, पनि बोनश सेयरबाट पुँजी बृद्धि गर्न सकस रहेको बताउछन सरोकारवालाहरु । यसका लागि बिकल्पको रुपमा हकप्रद सेयर जारी गरेर पुँजी बढाउन रहेका बताउछन् । यसकारणले पनि बीमा कम्पनीहरुले हकप्रद सेयर तयारी गरिरहेका बताउँछन सरोकारवालाहरु ।
पछिल्लो समयमा कतिपय जलविद्युत कम्पनीहरुले पनि हकप्रद सेयरहरु जारी गरिहेका छन् । कतिपय कम्पनीहरुले हकप्रद सेयर जारी गरिसकेहा छन भने कतिपय कम्पनीहरुले हकप्रद सेयर जारी गर्नको लागि सेबोनमा पाइलाइनमा रहेको सरोकारहरु बताउँछन । त्यसैगरि कतिपय कम्पनीहरुले हकप्रद सेयरको मुख्य एजेणडाका साथ साधारण सभा गर्ने गरिरहेका छन् । पछिल्लो समयमा हकप्रद सेयर जारी गर्ने कम्पनीहरुमा धेरैजसो जलविद्युत कम्पनीहरु र बीमा कम्पनीहरु रहेका छन् । कतिपय कम्पनीहरुलाइ बीमा समितिको तोकेको चुक्त पुँजी पुर्याउनको लागि हकप्रद सेयर जारी गर्ने गरेका छन भने कतिपय जलविद्युत कम्पनीहरुले आफ्नो ऋण तिर्नको लागि भनेर हकप्रद सेयरहरु जारी गर्ने गरिरहेका छन् । हकप्रद सेयर आबश्यता कि बाध्यता भन्ने प्रश्न पनि देखिन्छ । त्यसोत आफ्नो ऋण चुक्ता गर्नको लागि हकप्रद सेयर जारी गर्ने गरेकोमा कतिपय सेयरधनीहरुले असन्तुष्टि पनि जाहेर गरिरहेका छन् कम्पनिको ऋण तिर्नको लागिनै हकद सेयर जारी गरेर सेयरधनिहरुलाइ प्रेशर दिन ठिक नभएको बताउँछन सेयधनीहरु ।
त्यसोत, कतिपय हकप्रद सेयर जारी गर्ने गरेका जलविद्युत कम्पनीहरुको नेटवर्थ रु एक सय भन्दा पनि तल रहेको बताउँछन जानकारहरु । रु एक सय भन्दा तल रहेका सेयरको रु एकसय तिरेर हकप्रद सेयर भर्न पर्ने अबस्था रहेका छन सेयरधनीहरुको लागि यसमा त सेयरधनीहरुको लागि नखााउ भने दिनभरको शिकार खाउँ भन्ने कान्छा बाउको अनुहार जस्तै भएका छन सेयरधनीहरुको लागि । त्यसोत सय प््तिशत पचास प््तिशत हकप्रद सेयरहरुको निष्काशनले सेयरबजारमा पनि असर गर्ने गरेको बताउँछन सरोकारवालाहरु । एकातिर पछिल्लो समयमा सेयरबजार उकालो लाग्न नसकिरहेको अबस्था छ भने अर्कोतर्फ भारी मात्रामा कम्पनीहरुले हकप्रद सेयर जारी गरिरहँदा सेयरबजारमा समेत गिरावत आउने गरेका छन् । हकप्रद सेयरहरु जारी गरिसकेका जलविद्युत कम्पनीहरुको सेयर मुल्य बजारमा घट्दैछन भन्दा पनि फरक नपर्ला । भारी मात्रामा हकप्रद सेयरहरु जारी पछि सेयरबजारमा बिक्रीको चाप बढ्ने गरेका छन बिक्रीको चाप बढेपछि सेयरको मुल्यमा गिरावत आउनेत स्वभाबिक नै हो भन्दा पनि फरक नपर्ला । एकत पछिल्लो समयमा लगानीकर्ताहरुको मनोवल खस्किदो अबस्थामा रहेका छन सेयरबजार प्रति लगानीकर्ताहरुको आत्म विश्वासस बढाउन सकिरहेका छैन सरोकारवालाहरुले । अर्कोतिर नयाँ नयाँ लगानीकर्ताहरुको प्रबेश पनि हुन सकिरहेका छैनन भन्दा पनि फरक नपर्ला ।
सेयरबजारमा भने नयाँ नयाँ कम्पनीहरुको सेयरहरु पनि थपिदै छन भने हकप्रद सेयरहरु पनि थपिदै छन् । यसले सेयरबजारमा नकारात्मक असर पर्ने गरिरहेका छन । कतिपय जानकारहरुको भनाइमा अब केहि बर्ष आइपिओ, एफपिओ, हकप्रद सेयर र बोनश सेयरको स्विकृति दिने स्थगन गर्नु पर्ने भनाइ रहेका छन भने कम्पनीहरुले पनि आफ्ना सेयरधनीहरुलाई लाभाशको रुपमा केहि बर्षको लागि बोनश सेयर भन्दा पनि नगद लाभाश दिनमा जोड गर्नु पर्ने देखिन्छ र यो सेयरबजारको लागि उपयुक्त पनि हुनेछ । त्यसोत धेरै जसो सेयरधनीहरुको आकर्षण भनकोे नगद लाभाशमा भन्दा पनि बोनश सेयरमा रहेको पनि देखिन्छ । तर, पनि पँजी बढाउने भए आबश्या भए दवाबमा भए बोनश सेयर बितरण गर्न राम्रो हन्छ भन्दा पनि फरक नपर्ला । तर, पनि सेयरबजारका जानकारहरुले भने लाभाशमा बोनस सेयर भन्दा पनी सेयरबजारको लागि नगद लाभाश राम्रो हुने बताउँछन् । त्यसोत हकप्रद सेयरले जस्तै बोनस सेयरले पनि सेयरबजारमा सेयरको सख्या बढाउछन यसको असर सेयरको मुल्यमा पर्ने गरेको देखिन्छ ।
Shares