नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक
प्रकाशित:
२९ कात्तिक २०८१
काठमाडौं । नेपाल बैंक लिमिटेडले मंशिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक ब्याजदर अनुसार मंशिरमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ ४.९५ प्रतिशत ब्याज प्रदान गर्नेछ । त्यसैगरी बैंकले मंशिरका लागि साधारण बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ४.०१ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
त्यस्तै बैंकले रेमिट्यान्स मुद्द्तिमा अधिकतम ६.९५ प्रतिशत सम्म ब्याज दिने छ । बैंकको बेशरेट ६.८६ प्रतिशत कायम गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares