अपर हेवाखोला हाईड्रोको साधारणसभा असार २६ गते, के के छन् प्रस्ताव ?


काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनीले स्थगित १२ औँ बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ३ गते बसेको संचालक समिती बैठकले २०८० चैत्र १६ गतेको स्थगित साधारणसभा असार २६ गतेका लागि बोलाउने निर्णय गरेको हो ।
कम्पनीले यस पटक गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले असार २६ गते तारकेश्वर पार्टी प्यालेस, गौशाला, काठमांडौमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारण समूहबाट एक जना संचालक चयन गर्ने लगाएताका ऐजेन्डा पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन ।
Shares