छुट्ला है ! आज हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन

अर्थकागज
प्रकाशित: २६ असार २०८२
Image description

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २५ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाएको छ । पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमाआईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपियाँको ३० प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये प्रतिकित्ता १०० अंकित दरमा १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट गरिसकेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर