नबिल बैंकको विशेष साधारणसभा आज, अग्राधिकार सेयर निष्काशनको प्रस्ताव पारित हुने

अर्थकागज
प्रकाशित: १६ भदौ २०८१
Image description

काठमाण्डौ । नबिल बैंक लिमिटेडको विशेष साधारणसभा आज भदौ १७ बिहान १० बजेदेखि भर्चुअल माध्यामबाट शुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रतिशेयर १०० दरको ५ अर्ब रुपैयाँ बराबरको करोड कित्ता नबिल ८ अविमोच्य असञ्चित अग्राधिकार सेयर निष्काशनको प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले अधिकृत पुजी र चुक्ता पूँजी बृद्धिका साथै सेयर निष्काशनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

उक्त सेयर धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएर कारोबार गर्न सकिने छ भने उक्त सेयर ऋणपत्र जस्तो अवधि पूरा भएपछि रकम फिर्ता नहुने तर बैंकले १० वर्षपछि सेयर बिक्रीको लागि होल्ड गरेकालाई आह्वान गर्न सक्नेछ ।

विशेष साधारणसभा प्रयोजनार्थ बैंकले आगामी भदौ ७ गते बुक क्लोज गरेको थियो त्यसैले भदौ ६ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर