लुम्बिनी विकास बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा
प्रकाशित:
०४ पुस २०८०
काठमाडौं । लुम्बिनी विकास बैंकले साधारणसभा बोलाएको छ । बैंकले पौष २६ गते बिहीबार विहान ११ बजे अमृतभोग, कालिकास्थान, काठमाडौंमा साधारणसभा बोलाएको हो ।
साधारणसभाले आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत लाभांश पारित गर्नेछ । बैंकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत (कर सहित) नगद लाभांश दिने यस अघि संचालक समितिको बैठकले घोषणा गरिसकेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares