शिवम् सिमेन्ट्सको नाफामा २०० प्रतिशत बढिको उछाल
काठमाडौं । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा गिरावट देखिएको छ।
समिक्षा अवधिमा कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०५.८५ प्रतिशत बढि हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ खुद मुनानाफा आर्जन गरेको थियो।
समिक्षा अवधिमा सिमेन्टले ७ अर्ब ७६ करोड रुपैयाँ सिमेन्ट बिक्रिबाट कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनमा ०.७८ प्रतिशतले बढि हो । सिमेन्ट बिक्रि खर्च, वित्तिय खर्च खट्दा मुनाफामा बृद्धि देखिएको हो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको इपिएस बढेर १४ रुपैयाँ ५५ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रति सेयर कुल सम्पतीको मूल्य २३०.८७ रुपैयाँ रहेको छ।
Shares