सोपान फर्मास्युटिकल्सको IPO बाँडफाँड, यि लिंकबाट हेर्नुहोस् नतिजा

अर्थकागज
प्रकाशित: १६ वैशाख २०८३
Image description

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो।

कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २७ लाख ६८ हजार ७ सय ४३ जनाको आवेदन परेको थियो । जस मध्ये २७ लाख ३० हजार ९ सय ८७ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। यस क्रममा ३ लाख ४७ हजार ४ सय ९० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

यहाँबाट हेर्नुहोस नतिजा

 https://iporesult.cdsc.com.np

प्रतिक्रियाहरू

सम्बन्धित खबर