सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ९२.४७ प्रतिशत बढ्यो

अर्थकागज
प्रकाशित: २० साउन २०८१
Image description

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९२ दशलमव ४७ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो वर्ष कम्पनीले  २७ करोड ४ लाख नाफा कमाएकोमा गत वर्ष बढेर ५२ करोड ४ लाख पुगेको छ । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेकाले नाफा बढ्न टेवा पुगेको हो ।

अघिल्लो वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज  ५३ करोड ३४ लाख रहेकोमा गत आवमा घटेर  ३७ करोड ७१ लाखमा झरेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ८७ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीको सञ्चालन नाफा  ४० करोड ३ लाख रहेकोमा गत वर्ष बढेर  ७५ करोडभन्दा बढी पुगेको छ ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २८ पैसा रहेकोमा गत वर्ष बढेर १५ रुपैयाँ १७ पैसा पुगेको छ ।

त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ४४ दशमलव ८१ पैसा, मूल्य आम्दानी अनुपात २३ दशमलव १ गुणा र तरलता अनुपात २५ दशमलव ९५ प्रतिशत छ ।

कम्पनीको चुक्ता पूँजी  ३ अर्ब ४३ करोड छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा  १७ करोड ७७ लाख र रिर्जभमा  १ अर्ब ३५ करोड भन्दा बढी सञ्चिति गरेको छ । गत वर्ष कम्पनीको वितरणयोग्य नाफा  १७ करोड ७७ लाख छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर