कुमारी बैंकको नाफामा ४५ हजार ८२९ प्रतिशतको छलाङ्ग

अर्थकागज
प्रकाशित: २२ साउन २०८२
Image description

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफामा छलाङ्ग मारेको छ । आज बैंकको सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले २ अर्ब ११ करोड रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा ४६ लाख रुपियाँ मात्र थियो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको हो । बैंकको यो नाफामा सँगै बैंक तथा वित्तीय क्षेत्रमा कुमारी बैंकका संचालक, व्यवस्थापन र कर्मचारीहरुको चर्चा सुरु भएको छ ।

अघिल्लो आर्थिक वर्षको खुद नाफा ४६ लाख रुपियाँ मात्र देखाइएका कारण बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको हो । यद्यपि, गत आर्थिक वर्ष प्रकाशित बैंकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्य अर्थात् २०८१ असार मसान्तसम्ममा बैंकको खुद नाफा २ अर्ब ३० करोड रुपियाँ थियो ।

त्यसैगरी बैंको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपियाँ पुगेको छ । कुल सञ्चालन आम्दानी पनि ११ प्रतिशतले बढेर १५ अर्ब १३ करोड रुपियाँ पुगेको छ।

गत आवको अन्त्यसम्म बैंकको सञ्चालन नाफा ५२९.८७ प्रतिशतले बढेर ६ अर्ब १३ करोड रुपियाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि ०.०२ रुपियाँबाट बढेर ८.०७ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४२.१९ रुपियाँ रहेको छ । त्यस्तै, खराब कर्जा (एनपीएल) ५.९६ प्रतिशतबाट बढेर ६.६२ प्रतिशत पुगेको छ । २६ अर्ब २२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब रुपैयाँ र रिजर्भमा १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर