नेको इन्सुरेन्सलाई २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: ३१ भदौ २०८०
Image description

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर बिक्री जारी गर्ने भएको छ । बिक्रीको लागि कम्पनीलाई नियामक नेपाल बिमा प्राधिकरणले अनुमति दिएको छ ।

प्राधिकरणले शुक्रबार (भदौ २९ गते) पत्र पठाउँदै हकप्रद निष्कासनका लागि सैद्धान्तिक स्वीकृति दिएको कम्पनीले जानकारी गराएको छ । नेकोले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न असोज १९ गते विशेष साधारण सभा पनि बोलाएको छ ।