कामना सेवा विकास बैक र वेस्टर्न एशियन होटलबीच सम्झौता, बैंकका ग्राहकलाई प्रतिशत १०% छुट
प्रकाशित:
०६ मंसिर २०८०
काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित वेस्टर्न एशियन होटल प्रा. लि.सँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares