आँखुखोला जलविद्युतका आजसम्म कायम सेयरधनीहरुले मात्र १५० प्रतिशत हकप्रद पाउने

अर्थकागज
प्रकाशित: ३१ असार २०८१
Image description

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका आजसम्म कायम सेयरधनीहरुले मात्र १५० प्रतिशत हकप्रद प्राप्त गर्नेछन् ।

कम्पनीले हकप्रद प्रयोजनाका लागि भोलि साउन १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएकाले आज असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा आवेदा दिन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो । धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद बिक्री गर्न लागेको बताएको छ ।

प्रतिक्रियाहरू

Bhupal prasad Bhandari

9 months ago

Good Butwal s

सम्बन्धित खबर