वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओ भर्ने समय अब ४ दिन मात्रै खुल्ने
काठमाडौं । अब बैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओ भर्न पाउने समय चार कार्यदिन मात्रै हुने भएको छ । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाको नवौं संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
संशोधित निर्देशिका आगामी साउन १ गतेदेखि लागु हुने छ। संशोधित निर्देशिका अनुसार अब विदेशमा बसी रोजगार गरेका नेपालीहरुलाई छुट्याईएको शेयरका लागि ४ दिन मात्र आवेदन दिन सकिने छ ।
त्यो अवधीमा पर्याप्त आवेदन नआएमा ११ दिन समय थप गर्न सकिने व्यवस्था गरेको छ।
संशोधित निर्देशिका यस्तो छ
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गर्दा निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणको लागि निष्काशन गर्नु अगावै आव्हानपत्र प्रकाशन गरी कम्तीमा चार कार्य दिन दरखास्त खुला रहने व्यवस्था गर्नुपर्नेछ,’ संसोधित निर्देशिकामा भनिएको छ, ‘तर उक्त अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा त्यस्तो दरखास्त खुल्ला भएको मितिले बढीमा पन्ध्र दिनका लागि धितोपत्रको दरखास्त खुल्ला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।’
Shares