नेप्सेमा सान्भी इनर्जीको सेयर सूचीकृत, SANVI सिम्बलबाट कारोबार हुने
प्रकाशित:
०१ साउन २०८२
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सान्भी इनर्जी लिमिटेडको ८८ लाख कित्ता सेयर सूचीकृत भएको छ । सेयर सूचीकृत भएसंगै आइतबारदेखि कम्पनीको सेयर कारोबार सुरु हुने छ । कम्पनीको SANVI सिम्बलबाट कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १२०.७४ रुपैयाँदेखि ३६२.२२ रुपैयाँसम्मक रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares