मुलुकको वर्तमान अर्थतन्त्र संकटमा नभएर मन्दीमा छः अर्थमन्त्री

अर्थकागज
प्रकाशित: २४ फागुन २०८०
Image description

अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गर्दै आम सर्वसाधरण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मुलुकको वर्तमान अर्थतन्त्र संकटमा नभएर मन्दीमा रहेको दाबी गरे ।

अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका चुनौतीलाई सबै भन्दा पहिला सबै अन्तरमन्त्रालय समन्वय गरेर समाधान गर्ने बताए । उनले अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नु परेकाले त्यही अनुसार काम गर्ने बताए । अर्थमन्त्री पुनले नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात गरेको समेत बताए ।

उनले सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्न अर्थमन्त्रीको रुपमा आएको बताए । उहाँले सन् २००८ मा विश्वव्यापी आर्थिक संकट लगतै २०११ मा अर्थमन्त्रीको जिम्मेवारीमा सम्हालँदा पनि त्यो बेलाको संकट समाधान गरेको भन्दै अहिलको समस्या पनि समाधान गर्नसक्ने अवस्थामा रहेको बताए ।

अर्थमन्त्री पुनले अहिले राजश्व संकलन १० प्रतिशतको वृद्धि भएको भन्दै अब अर्को महिना देखि दोब्बर वृद्धि गर्ने प्रतिबद्धता जनाए । उनले आफूले बोलेरभन्दा पनि काम गरेर देखाउने बताए । उनले सबैसँग समन्वय गरेर अर्थतन्त्रलाई चलायमान बनाउने काममा आजदेखिनै लाग्ने प्रतिबद्धता जनाए । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर