आइएमई लाइफको साधारणसभाबाट २१ प्रतिशत लाभांशसहित सबै प्रस्ताव पारित

अर्थकागज
प्रकाशित: २४ फागुन २०८१
Image description

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित दियो महल सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष राम हरी अर्यालको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको २१ दशमलव ०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ। त्यसै गरी सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ। सभा १९ जना सेयरधनीले बोलका थिए । बोल्ने अधिकांश सेयरधनीले लाभांश दिएकोमा संचालक र व्यवस्थापनलाई धन्यवाद दिदै भालीका आर्थिक वर्षहरुमा पनि नियमित लाभांश दिन समेत आग्रह गरेका थिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर