आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्तानान्तरण

अर्थकागज
प्रकाशित: ०१ पुस २०८०
Image description

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका–१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्तानान्तरण गरेको छ ।

स्तानान्तरित शाखा कार्यालयबाट आजदेदि कारोबार सुरू गरिएको कम्पनीले जनाएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले शाखा कार्यालय उद्घाटन गरे । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्लेलगायत अन्य कर्मचारीहरू, एजेन्सी म्यानेजरहरू, अभिकर्ताहरू र स्थानीयको उपस्थिति थियो ।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरू र अभिकर्ताहरूले थप सहज र गुणस्तरीय सेवासुविधा प्राप्त गर्ने विश्वास कम्पनीको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर