ग्लोबल आइएमई बैंकको संचालकहरुका बैठक भत्ता बढ्यो, सिइओको तलव कति ?


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १७ औँ वार्षिक साधारणसभाबाट संचालक समितिको बैठक भत्ता बढाइएको छ । यस अघि संचालक समितिको बैठक भत्ता अध्यक्षलाई प्रति बैठक भत्ता १७ हजार र अन्य संचालकलाई प्रति बैठक भत्ता १५ हजार रुपैयाँ रहेको थियो ।
अहिले साधारणसभाबाट बढाएर संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता ३० हजार रुपैयाँ र अन्य संचालक समितिलाई प्रति बैठक भत्ता २५ हजार रुपैयाँ पुर्याइएको छ ।
त्यसै गरी यस अघि संचालकहरुलाई यातायात सञ्चार तथा पत्रपत्रिका सुबिधा भत्ता बापत मासिक १० हजार प्रदान गरिदै आएकोमा अहिले बढेर मासिक ५० हजार रुपैयाँ पुर्याइएको छ ।
ग्लोबल आइएमई बैंकका सिइओले आर्थिक वर्ष २०७९/ ८० मा १ करोड ५५ लाख १ हजार ६ सय रुपैयाँ तलव भत्ता बुझोका छन् । बैंकको सिइओमा रत्नराज्य बज्राचार्य रहेका छन् । सिइओ बज्राचार्यले तलव ७५ लाख ९६ हजार, भत्ता ५० हजार ४० हजार, सञ्चय कोष ७ लाख ५९ हजार ६ सय, बिदा बापतको भुक्तानी १० लाख ५३ हजार, दशैं त्ता १० लाख ५३ हजार बुझेका छन् ।
प्रतिक्रियाहरू
ZREnQzVpg
1 year ago
hVLCSrdxWFfvtsDQ
ZREnQzVpg
1 year ago
hVLCSrdxWFfvtsDQ
ZREnQzVpg
1 year ago
hVLCSrdxWFfvtsDQ
khadga bdr niraoula
1 year ago
सेवा ग्राहिलाई सेवा शुल्क 50% कम गर्न माग गर्दछु।
Naresh khatiwada
1 year ago
संचालक हुन कि बैंकका जागिरे हुन मासिक भत्ता पाउने?
Anitapaudyal
1 year ago
Hami member lain k hola agm ko message pani aayena
parshu ram Parajuli
1 year ago
यो भत्ता बढी भयो यसको बारेमा रास्ट्रबैंक ले रोक लगाउनु पर्छ ।
Shares