झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा विस्तार
प्रकाशित:
१७ साउन २०८१
काठमाडौं । प्रभु बैंकले झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको छ। बैंकले झापामा दुर्गापुरसहित पाँच शाखा खोलेको हो।बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखा उद्घाटन गरे।
कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, ७ नम्बरका वडाध्यक्ष भीष्मभूषण सिटौला, ८ नम्बरका वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापालगायतले दुर्गापुर शाखाबाट सेवाग्राहीले सहज रुपमा बैंकिङ सुविधा लिन सक्ने बताए। Shree Steel
बैंकका कोसी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान बनाउन बैंक शाखा सञ्चालनमा ल्याइएको धारणा व्यक्त गरे।
हाल बैंकले ३१४ शाखा, २८६ एटीएम, ६९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares