नेपालको बिजुली बंगलादेशमा बिक्रि हुने पक्का: आजै सम्झौताको तयारी, प्रतियुनिट ९ रुपैयाँ

अर्थकागज
प्रकाशित: १० फागुन २०८०
Image description

नेपालले बंगलादेशमा निर्यात गर्ने बिजुलीको खरिद–बिक्रीदर तय गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो ।

टोलीले बिहीबार बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद–बिक्रीको मूल्य तय गर्नेछ । नेपालबाट ४० मेगावट बिद्युत खरिदका लागि बंगलादेशले गत माघको दोस्रो साता माग गरे बमोजिम पेस गरेको प्रस्तावमा बिहीबार छलफल गरी अन्तिम रूप दिइने छ ।

नेपालले बंगलादेशलाई डलरको मूल्यमा बिद्युत बिक्रि गर्ने छ । बिद्युतको मूल्य प्रतियुनिट सात सेन्ट खर्थात ९.३१ रुपैयाँं हाराहारीमा पिपिए दर निर्धारण हुन सक्ने बताइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर