आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

अर्थकागज
प्रकाशित: ३० भदौ २०८१
Image description

काठमाडौँ, सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन आज नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ ।

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर