आइजीआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

अर्थकागज
प्रकाशित: २४ फागुन २०८१
Image description

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औं वार्षिक साधारणसभा आज काठमाडौंको नक्सालस्थित आम्रपाली वैङ्क्वेटमा सम्पन्न भएके छ । कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभाले चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारणको विषय पनि टुङ्गिएको छ।

त्यसैगरी नियामक निकायबाट निर्देशन भए बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा भएको खर्च र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन लगायतका प्रस्ताव पनि पारित भएका छन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर