ग्लोबल आईएमई बैंकको लाभांश घोषणा
प्रकाशित:
२१ असोज २०८१
काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकको असोज २१ गते दिउँसो ३:३० बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार बैंकले बैंकको आ.ब. २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा पुंजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५.५ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares