बैंकको नाम दुरुपयोग गरी हुन सक्ने ठगीबाट सजग रहन अनुरोध

अर्थकागज
प्रकाशित: २२ असोज २०८२
Image description

काठमाडौं । पछिल्ला दिनहरुमा केही अनाधिकृत व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नाममा ग्राहकहरूलाई फोन गरी व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा बताई आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना प्राप्त हुन आएकाले यसतर्फ बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । यसै सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै पनि कुनैपनि प्रयोजनका लागि फोन, इमेल, सामजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ई- बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण नमागिने कुरा बैंक स्पष्ट पार्न चाहन्छ ।

तसर्थ हामी हाम्रा ग्राहकहरूलाई अनाधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न हार्दिक अनुरोध गर्दछौं । यदि कहिंकतै कुनै माध्यमबाट शंकास्पद गतिविधि भए गरेको पाईएमा नजिकैको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरहरूमा मात्र सम्पर्क गर्नुहुन आम सर्वसाधारणमा हामी हार्दिक अनुरोध गर्दछौं । साथै बैंकका आधिकारिक सूचना, अफर तथा योजनाहरू बैंकको आफ्नै वेबसाइट www.rbb.com.np बाट प्रकाशित गर्ने गरिएको जानकारी गराउंदछौं ।

राष्ट्रिय वाणिज्य बैंक ग्राहकहरूको सुरक्षित बैंकिङ कारोबारका लागि प्रतिबद्ध रहँदै आएको छ र यस्ता ठगीजन्य क्रियाकलाप विरुद्ध सचेत एवं सजग रहन सम्पूर्ण ग्राहकहरूलाई आह्वान गर्दछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर