काठमाडौं महानगरभित्रका सबै सार्वजनिक शौचालय अब निःशुल्क
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको सबै सौचालयलाई निःशुल्क गर्ने भएको छ । आज एक सूचना जारी गर्दै हाल महानगर क्षेत्रभित्र संचालित सम्पुर्ण सार्वजनिक शौचालयहरुलाई निःशुल्क बनाउने जनाएको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्ने तयारी महानगरले गरेको हो ।
काठमाडौँ महानगरपालिकाले हाल संचालनमा रहेका सार्वजनिक शौचालयहरूका लागि आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने भएकाले सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्नुहुन अनुरोध गरेको छ ।
तोकिएको समयावधिपश्चात् महानगरपालिका क्षेत्रभित्रका सबै सार्वजनिक शौचालयहरू निःशुल्क सञ्चालन ्र गर्नुपर्नेछ । सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । साथै, कुनै सरकारी निकाय, गैरसरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा बाहिर सार्वजनिक शौचालय सञ्चालन गरिरहेको हकमा समेत निःशुल्क शौचालय ्सेवा उपलब्ध गराउनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ । महानगरद्धारा जारी सूचनामा भनिएको छ ।
महानगरले प्रकाशित गरेको सूचनाः
Shares