कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यसैगरि कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
‘हिमपात र चट्याङसहितको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ,’ बुलेटिनमा उल्लेख छ।
Shares