मर्ज हुँदै समृद्धि र पोखरा फाइनान्स

अर्थकागज
प्रकाशित: ०४ साउन २०८२
Image description

काठमाडौं । दुई फाइनान्स कम्पनी एक आपसमा गाभिने भएका छन् । समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्जरमा जाने भएका हुन ।

मर्जरमा जानका लागि यी दुई कम्पनीले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

मर्जपछि बन्ने कम्पनीमा समृद्धिका ४ जना र पोखराका ३ जना सञ्चालक समिति सदस्यमा रहने छन् । कम्पनीको अध्यक्षमा भने समृद्धि फाइनान्सको तर्फबाट हुने सहमति भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर