छ्याङ्दी हाइड्रोपावरको करिब ३ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता १०० रुपैयाँमा सवैले किन्न पाउने

अर्थकागज
प्रकाशित: ०७ साउन २०८२
Image description

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले २ लाख ९८ हजार ८३२ कित्ता सेयर  लिलाम बिक्रीमा राखेको छ।

कम्पनीले गत जेठ २३ देखि असार २७ गतेसम्म हकप्रद सेयर  निष्कासन गरेकोमा आवेदन नपरी बाँकी रहेको उक्त शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

कम्पनीले उक्त सेयर  प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री गर्ने गरी आवेदन खुलाएको हो। यसमा साउन १४ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ।

आवेदन दिंदा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था रहेको छ। यसर्थ घटीमा पनि १० हजार रुपैयाँ लाग्नेछ।

यसमा कम्पनीका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघ, संस्था लगायत सबैले आवेदन दिन सक्नेछन्।

उपत्यकामा हुनेले आवेदन फाराम बिक्री प्रबन्धक रहेको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाडौंको नक्सालस्थित कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।

उपत्यका बाहिर हुनेले ग्लोबल आइएमई बैंकको विर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आदर्शनगर–वीरगंज, हेटौंडा, नारायणगढ, नूरोड–पोखरा, मिलनचोक–बुटवल, बाग्लुङ, त्रिभुवनचोक–नेपालगंज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमध्ये आफूलाई पायक पर्ने शाखाबाट प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रियाहरू

Prakash khadka

9 months ago

I am rady

Ramita maharjan

9 months ago

Esto share pani online bata kharid garna pauni byawashtha lyaunu parxa

सम्बन्धित खबर