लाभांस पारित गर्न डिप्रोक्स लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

प्रकाशित:
०६ चैत २०८०

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएको छ । संस्थाले चैत २५ गते पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे साधारणसभा बोलाएको हो । सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।
यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares